दुई कोरिया बार्ताको नेपालद्वारा स्वागत

काठमाडौँ- नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा आज भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ । सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस